2026-07-05 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

2019-08-21

भदौ ४, काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए ।

तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि प्रदेश मुख्य सचिवसम्मका सचिवहरुको सरुवा गरिएको छ ।

सरुवा सूची यस्तो छ

क्र.सं. नाम थर       सरुवा भएको स्थान           साविकको स्थान

१. सूर्य गौतम        भूमिसुधार मन्त्रालय             महालेखा नियन्त्रकको कार्यालय

२. गोपीनाथ मैनाली      महालेखा नियन्त्रकको कार्यालय      भूमिसुधार मन्त्रालय

३. केदारबहादुर अधिकारी    पर्यटन मन्त्रालय                     वाणिज्य तथा आपूर्ति मन्त्रालय

४. मोहनकृष्ण सापकोटा    सार्वजनिक खरिद अनुगमन कार्यालय   पर्यटन मन्त्रालय

५. वेगेन्द्रराज शर्मा पौडेल    वित्त आयोग                       सार्वजनिक खरिद अनुगमन कार्यालय

६. वैकुण्ठ अर्याल          वाणिज्य तथा आपूर्ति मन्त्रालय      वित्त आयोग

७. माधव बेल्बासे          खानेपानी मन्त्रालय                          राष्ट्रिय सतर्कता केन्द्र

८. रामप्रसाद थपलिया      युवा तथा खेलकुद मन्त्रालय     स्वास्थ्य मन्त्रालय

९. सञ्जय शर्मा         विज्ञान तथा प्रविधि मन्त्रालय       ऊर्जा मन्त्रालय

१०. खगराज बराल           स्वास्थ्य मन्त्रालय                          शिक्षा मन्त्रालय

११. महेश दाहाल           शिक्षा मन्त्रालय                          श्रम मन्त्रालय

१२. विनोद केसी             श्रम मन्त्रालय                           राष्ट्रपति कार्यालय

१३. डा. हरि पौडेल          राष्ट्रपति कार्यालय                              प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

१४. महेन्द्रप्रसाद गुरागाईं    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय          लोक सेवा आयोग

१५. आनन्द ढकाल           लोक सेवा आयोग                             प्रदेश ३ को मुख्य सचिव

१६. तीर्थ ढकाल       प्रधानमन्त्री कार्यालय                           प्रदेश ५ को मुख्य सचिव

मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् । राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै