2026-07-04 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५० आर्मी अधिकृतका लागि जागिर खुल्यो

2019-08-21

भदौ ४, काठमाडौँ | नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदपूर्ति गर्न छनोट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेशी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ |

विभागले खुलातर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणबस शारीरिक अशक्त भएका र कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका नेपाली सैनिकको सन्ततीतर्फ २२, महिलातर्फ २२, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ ३१, दलिततर्फ १७, पिछडिएको क्षेत्रतर्फ ६ जना गरी २ सय ५० जना लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गतेदेखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन्। नेपालि सेनाको वेबसाइट https://www.nepalarmy.mil.np/ मा अनलाइन दरखास्त फारम भरी सो को प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिन्छ।

आवेदकको शैक्षिक योग्यता र उमेर दुई प्रकारको छ। प्रमाणपत्र तह वा सोसरह योग्यता भएमा २१ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै स्नातकतह उत्तिर्ण भएमा २४ वर्ष पार नगरेको हुनुपर्ने छ।

विदेशबाट एसएलसी वा प्रमाणपत्र तह अनिवार्य गणित विषय लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, पुरूषको न्यूनतम उचाइ ५ फिट ३ इन्च, महिलाको ५ फिट हुनुपर्ने छ। पुरुषको छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ। त्यसैगरी पुरुष न्यूनतम ५० र महिला ४० केजी तौलको हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै