२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन हजार रुपैयाँ बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

२०७६, ९ भाद्र सोमबार ०६:४४

भदौ ९, काठमाडौँ | आज सोमबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ | आइतबार ७२ हजार ५ सय कायम भएको सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको हो | आज प्रतितोला छापावाल सुनको भाउ  ७३ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो । 

आइतबारको नयाँ किर्तिमान भंग गर्दे सुनको मूल्यले सोमबार नयाँ किर्तिमान बनाएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ७३ हजार २ सय कायम रहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ | 

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रति तोला ८ सय ५० मा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर ८ सय ६० पुगेको हो ।

किन बढिरहेको छ सुनको मूल्य

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि त्यसको असर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि हेर्दा सुनको मूल्य अझै बढने देखिन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ३० को आसपास छ । यो बढ्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो