२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगोमा तीन पटक जलेका सुर्यलाई आर्थिक सहयोग गर्न जुटे युवा

२०७६, १० भाद्र मंगलवार ०६:०३

चिसाङ शेर्पा | भदौ १०, खोटाङ | जिल्ला अस्पताल दिक्तेलको अन्तरङग विभागको १० नम्बर बेडमा पुर्णरुपमा अपांग भएका बालक सुर्य प्रकाश राईलाई कुरिरहेका थिए उनका बुबा कुन्दन राई । अपांग भएका छोराको  देव्रे खुट्टाको घुंडामा आगोले जलेर किरा नै परेपछि १ भदौमा उपचारमा ल्याएका छोराको स्याहारसुसार गर्दै अस्पतालमा उनको दिन वित्छ । 

आक्कल झुक्कल आफन्तहरु भेट्न आउँछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका हात खुट्टा नलाग्ने, वोली नआउने १२ वर्षीय सुर्यको देब्रे घुंडा एक पटक हैन, दुई पटक हैन सरासर तीन पटक अगेनामा जलेको हो । बेहोस हुने, घस्रिएर हिड्ने गर्दा घुंडासँगै देब्रे हातकै कुहिना दुइ पटक जलेको छ । यसअघि दुई पटक जलेको सुर्यलाई आर्थिक अभाव र चेतना कमीका कारण घरायसी औषधि उपचार गर्दै घरैमा राखियो । गत जेठको दोश्रो हप्ता घस्रिएर अगेनामा त्यहि घुंडा जल्दा पनि त्यसै गरियो । तर, यो पटक त्यस्तो भएन । अत्याधिक जलेर गहिराई बढेपछि जलेको भागमा किरा प¥र्यो । सुर्यका बुबा भन्छन्, ‘आगोले हड्डीसम्म जलेकाले घरैमा ४०-५० वटा किरा निकाले धेरै गहिराइसम्म किरा परेकाले यहाँ ल्याएर औषधिमार्फत किरालाई डिस्पोज गरिन्दैछ ।’

रोजगारीका लागि मलेसिया जाँदा घरमा आमासँग हुंदा र आमाको वेवास्ताका कारण सुर्यको दुई पटक घुंडा र कुहिना जलेको उनी बताउछन् । श्रीमतीले कान्छी छोरी बोकेर बेपत्ता भएपछि एक्कासी घरमा आए । श्रीमतीले छोडेको पिडा, छोराहरुलाई बिहान बेलुका के खुवाउने तनाव हुने । गाउँमा काम खोज्दै, गर्दै हिड्दा नराम्ररी सुर्य अगेनामा परेर जल्यो । छोरा सुमसुमाउदै उनी भक्कानिए । योजनाबद्ध विदेशबाट फर्किएको भए केही हुने थियो होला तर.. उनले कुरा सके । पहिलो श्रीमतीबाट चार सन्तान भएपनि कान्छी छोरी उसैले बोकेर हिडेको, जेठा छोरा सुर्य जन्मेको वर्षदिनमा विरामी भएको र आर्थिक अभावमै उपचार गराउन नपाउँदा हातखुट्टा नलाग्ने र वोल्न नसक्ने हुंदै अहिले पुर्णरुपमा अपांग भएका हुन् । सरकारबाट पाउने सुविधा पनि सुर्यले पाइरहेका छन् ।

अस्पतालमा उपचाररत सुर्यको अवस्था सामान्य बन्दै गए पनि उनको भविष्य बनाउनेमा कुन्दनलाई बडो चिन्ता छ । सुर्यलाई खाना खुवाउन, नुहाउन, सौचालय लान ल्याउन समेत अरुको साहारा चाहिन्छ । “परिवारमा दुई छाक जुटाउन त्यस्तै समस्या छ । प्रशस्त जग्गा जमिन छैन । भागमा दुई रोपनी जग्गा पर्छ । त्यसबाट कती कमाई हुन्छ र खानु, छोराहरु पाल्नु । आर्थिक अभावमै लथालिङग छ जिन्दगी ।” सुर्यको घाउ सफा गर्दै कुन्दनले पिडा सुनाए । सबैको सहयोग पाएमा सुर्यलाई ठिक बनाएर राम्रो शिक्षा दिने उनको ठुलो धोको छ ।

जेठी श्रीमतीबाटै जन्मिएको जुम्ल्याहा राम लक्षमणमा पनि समस्या छ । खेल्ने क्रममा गत जेठ अन्तिममा रामको हात भाँचिएको छ । लक्ष्मण १ वर्षको हुंदा दाहिने खुट्टाको छेपारी र हातको औला जलेको थियो । उनको अहिले तीनवटा औला बाङ्गिएको छ । कान्छी औला छैन । कान्छी श्रीमतीका साथमा रहेका कुन्दनको परिवारमा समस्या नै समस्या छ । कान्छी श्रीमतीतर्फ एक छोरा छ । 

सहयोग जुटाउन कस्सिए युवा

आगोले तीन पटक घुंडा जलेर घाईते भई उपचाररत सुर्य प्रकाश राईका निम्ति ‘आर्थिक सहयोग समिति’ निर्माणगरी सहयोग रकम संकलन थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका अग्नि पिडित १२ वर्षीय सुर्यका लागि विभिन्न सामाजिक कार्यमा क्रियाशिल युवाहरुले सिमित तोकेर सहयोग संकलन थालेका हुन् ।

सुर्यको उपचार, पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले किरणजीत राईको संयोजकत्वमा १३ सदस्यीय समितिले मंगलबारबाट सहयोग संकलन थालेका हुन् । समितिको आर्थिक संयोजकमा सविता भुजेल तथा सदस्यहरुमा गोमा राई, सुशिला निनाम, अजय बस्नेत, सुमन राई, मोतिचन्द्र राई, एञ्जिला थुलुङ, सीता थुलुङ, जयन्ति राई, पवन राई र स्वस्तिका चाम्लिङ छन् । सन्जय कुमार राई सहजकर्तामा छन् । समितिले भदौ २७ गतेसम्म सहयोग संकलन गर्नेछ ।

जेठ दोश्रो हप्ता घस्रिएर सुर्य अगेनामा परेर घुंडा जलेको थियो । आर्थिक रुपमा अत्यन्तै कमजोर परिवार, आफैमा पुर्णरुपमा अपांग सुर्यलाई केही मात्रामा भए पनि सहयोग पु¥याउने हेतुले आर्थिक सहयोग संकलन अभियान थालनी गरिएको संयोजक राईले बताए । मानवीय संवेदनासँग जोडिएको यस अभियानमा सवैले ऐक्यबद्धता जनाउन समेत संयोजक राईले आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?