४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाले बोकेर जान्छन सुत्केरी भेट्न वडाध्यक्ष

११ भाद्र २०७६, बुधबार ०६:३४

भदौ ११, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो ।

सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गरेका छन् । उनीहरुलाई लागि एक-एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो । 

स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिए । गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए ।

 सोमबार वडा नं ७ मा पनि सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको थियो । वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ