2026-07-05 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, ‘सोर्ड अफ अनर’ उपाधि प्राप्त

2019-08-29

भदौ १२, काठमाडौँ | आइपिएस (इन्डियन पुलिस सर्भिस)  तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन्। भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन।

सो तालिममा प्रहरी निरीक्षक खड्कासहित ५ जना सहभागी भएका थिए।  खड्कासहित प्रहरी निरीक्षक बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए। भुटान, माल्दिभ्स, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए।

यस्तै तालिममा यसअघि नेपाल प्रहरीका प्रहरी निरीक्षक रद्यु सिंह विष्ट र राजेशराज पुरी उत्कृष्ट भएका थिए। उत्कृष्ट भएका खड्कालाई भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए।

तालिममा अपराध अनुसन्धान, साइबर क्राइम र साइबर सेक्युरिटी, ल एण्ड अर्डर कायम गर्ने लगायतका विषयमा सुरक्षा विज्ञहरुले तालिम दिएका थिए ।उत्कृष्ट हुने खड्का २०७२ सालका ब्याजी हुन। तालिममा अवसर हुने मौका पाएकोमा खुसी ब्यक्त गर्दै प्रहरी निरीक्षक खड्काले धेरै कुरा सिक्ने अवसर पाएको बताए।  आफू उत्कृष्ट भएर संगठनको नामसमेत राख्न पाएको उनी खुसी भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै