२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश

१२ भाद्र २०७६, बिहीबार १५:२४

भदौ १२, भीमदत्तनगर । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समिति कार्यालय प्रमुख प्रेम मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीमा रहेको प्रदेशस्तरको रङ्गशालाको प्यारापिट निर्माणका साथै कवर्डहल स्तरोन्नतिका लागि रु चार करोड ५० लाख विनियोजन गरिएको बताउनुभयो । यस्तै कञ्चनपुरस्थित जिल्ला खेलकूद विकास समिति परिसरमा क्रिकेट मैदानका लागि रु एक करोड रकम विनियोजन भएको छ । 

त्यसैगरी यहाँको विकट पहाडी जिल्ला बाजुरामा रङ्गशाला बनाउन रु ५० लाख, दार्चुलाका लागि रु ५० र डोटीका लागि पनि रङ्गशाला बनाउन रु ५० लाख बजेट रहेको क्षेत्रीय कार्यालय प्रमुख मल्लले बताउनुभयो । “बृहत् छैटौँ राष्ट्रिय खेलकूद यहाँ भएका बेला खेल संरचना निर्माणका लागि त्यो बेला रु दश करोड आएको थियो ।” मल्लले भन्नुभयो, “त्यसयता बढी बजेट सुदूरपश्चिम आएको यसैपाली नै हो ।” उहाँले प्राविधिकसहितको टोलीले संरचना निर्माणका लागि आवश्यक जाँच थालिसकेको बताउनुभयो । 

“अहिले प्राविधिक टोलीले संरचनाको लागात अनुमागन थालेको छ ।” मल्लले भन्नुभयो, “बोलपत्रलगायतका प्रक्रियाका लागि पनि यस पटक राखेपले क्षेत्रलाई नै जिम्मेवारी दिएको छ ।” संरचना निर्माणका लागि केही दिनभित्रै बोलपत्र आह्वान हुने उहाँको भनाइ थियो ।

माछा पोखरी हटेर क्रिकेट मैदान 

जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले कवर्डहल परिसरमा माछापालनका लागि दिइएको खेलकूदको जग्गा खाली गराउन अग्रसरता लिएको छ । चार वर्षअघि खेलकूद विकास समितिले राष्ट्रिय खेलकूद परिषद्सित समन्वय नै नगरी कवर्डहल परिसरमा रहेको सात बिघा खाली जमीन माछा पोखरी बनाउन दिएपछि विवादमा आएको थियो ।

खेल मैदान र खेलाडी उत्पादनको थलोलाई मिच्दै माछापोखरी बनेयता खेलकूद विकास समितिले अपजस खेप्दै आएको थियो । “कृषि प्रयोजनका लागि दश वर्षको ठेक्का सम्झौता गरेर जमीन दिइएको थियो ।” जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भन्नुभयो, “भाडामा लिनेले माछा पोखरी बनाएपछि धेरै तनाव झेल्नु प¥यो ।”

उहाँले उक्त जमीन खाली गराउन करीब तीन महिनाअघि नै भाडामा लिएको पक्षलाई जानकारी गराइसकेको बताउनुभयो । “सम्झौताअनुसार भाडामा लिनेले माछापोखरी पुरेर पुरानै अवस्थामा हस्तान्तरण गर्नुपर्छ ।” भट्टले भन्नुभयो, “माछापोखरी भएको ठाउँमा क्रिकेट मैदान बनाउन प्राविधिक टोलीले नापचाँज गरिसक्यो ।”

उक्त सात बिघा जग्गा समितिले वार्षिक रु एक लाख ७५ हजारमा भाडामा दिएको थियो । त्यसैगरी खेलकूद परिसरमै बनेको महाकाली यातायात व्यवस्था कार्यालयको ‘ट्रायल सेन्टर’ पनि खाली हुने खेलकूद विकास समितिले जनाएको छ । समितिले वार्षिक रु एक लाख भाडा पाउने गरी यातायात कार्यालयलाई एक बिघा जमीन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला