2026-07-04 07:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक विभागमा धर्ना दिन पुगे गगन थापा

2019-08-30

भदौ १३, काठमाडौं | प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्य गगन थापा सडक विभाग पुल्चोकमा धर्ना दिन पुगेका छन् | उनीसहित प्रदेशसभा सांसद र स्थानीयले सो क्षेत्रका  १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताएका छन् | आफुहरुले सडकबाट आवाज उठाउँदा नसुनेपछि सांकेतिक रुपम धर्ना बस्न बाध्य भएको उनको भनाई छ | चावहिल कपन लगायत काठमाडैं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको र सो म्यादमा २० प्रतिशत मात्रै काम भएको फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागिएकोले त्यसको विरोध गरिएको  थापाले बताए |

केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र पठाएका थिए । पत्र पठाएपनि त्यतिबेला उनीहरुलाई कार्वाही गरिएको थिएन । कार्वाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजना निर्माणको जिम्मेवारी पनि सडक अलपत्र पार्ने कम्पनीलाई नै दिइएको भन्दै उनीहरुले चर्को विरोध गरेका छन् ।

यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको सांसद थापाले बताए । अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै