२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

१३ भाद्र २०७६, शुक्रबार ११:५८

भदौ १३, गलकोट । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट हुनुभएन । त्यहाँ बस्दा कृषिको  अनुभव सङ्गाल्नुभएका उहाँ विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आउनुभएको छ । 

अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाउनु भएका  कृषक रानामगरलाई  साउदी बसेरै स्वदेश फर्कनुभएका सोही स्थानका रामप्रसाद पुन र अर्का शेरबहादुर श्रीसले साथ दिनुभयो । ती तीनै जनाले सामूहिकरूपमा मिलिजुली कृषि फार्म खोलेर तरकारी खेती शुरु गर्नुभएको हो ।

वार्षिक रु ४५ हजार तिर्ने गरी १८ रोपनी जग्गा भाडामा लिएर  गरिएको तरकारी खेतीबाट अहिले मनग्य आम्दानी हुन थालेको छ । “तरकारी बेचेर कमाएको शुरुको आम्दानीले लगानी थप्नै ठिक्क भयो”, कृषक रानामगरले भन्नुभयो, “खेती गर्न थालेको आठ वर्षपछि बल्ल बचत गर्न थालेका छौँ ।” गिरौदै खोलामा १२ रोपनी र बडिगाड गाउँपालिका–२ खर्वाङमा छ रोपनी जग्गा भाडामा लिएर अहिले हाइटेक प्रविधिको १२ टनेलमा टमाटर, सिमी, घिरौँलो, काँक्रो, सागलगायत अन्य बेमौसमी तरकारी फलाइएका छन् । हालसम्म तरकारी खेतीमा रु ४० लाख लगानी भइसकेको उहाँले  बताउनुभयो । 

परम्परागत प्रविधिभन्दा हाइटेक प्रविधिमा दोब्बरले नाफा गर्न सकिने कृषक रानामगरको अनुभव छ । हाइटेक प्रविधिको टनेल निकै खर्चिलो भए पनि दिर्घकालीनरूपमा आम्दानी गर्न निकै सहज भएको अर्का कृषक  रामप्रसाद पुनले बताउनुभयो । हालसम्म झण्डै रु ४० लाख लगानी गरिसक्नुभएका उहाँहरूले  अबको आम्दानी पूरै बचत हुने जानकारी दिनुभयो ।   रानामगरले भने तरकारीमा आवश्यक मलका लागि कुखुरा, बाख्रा तथा बङ्गुरसमेत पाल्दै आउनुभएको छ । 

अहिले सामूहिकरूपमा गरिएको तरकारी खेतीबाट वार्षिकरूपमा रु २० लाख आम्दानी गर्ने गरेको अर्का सहकर्मी श्रीसले  बताउनुभयो । “हामीले दुई जनालाई रोजगारीसमेत प्रदान गरेका छौँ, आवश्यकताअनुसार अन्य कामदारसमेत ज्यालादारीमा लिन्छौँ”, उहाँले  भन्नुभयो, “सबै खर्च कटाउँदा रु १५ लाख बचत हुन्छ, त्यो तीन जनालाई बाँड्छौँ ।” गिरौदीको तरकारी खेतीमा सोझै सिँचाइ कुलोको पानी थोपा सिँचाइमार्फत प्रयोग गरिँदै आएको र  खर्वाङको तरकारी खेतीमा पम्पको सहायताले बडिगाड खोलाको पानी ल्याएर प्रयोग गरिँदै आएको कृषक श्रीसले जानकारी दिनुभयो । उत्पादन भएको तरकारी गलकोट, खर्वाङ तथा नजिकै रहेको गुल्मीको मुसिकोट नगरपालिकाभित्रै खपत हुँदै आएको छ ।हालसम्म प्याक्ट कार्यक्रममार्फत रु १० लाख र बडिगाड गाउँपालिकाबाट केही रकम अनुदान प्राप्त गरे पनि प्राविधिकरूपमा कसैबाट सहयोग नपाएको कृषक रानामगरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल