२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

२०७६, १३ भाद्र शुक्रबार ११:५८

भदौ १३, गलकोट । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट हुनुभएन । त्यहाँ बस्दा कृषिको  अनुभव सङ्गाल्नुभएका उहाँ विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आउनुभएको छ । 

अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाउनु भएका  कृषक रानामगरलाई  साउदी बसेरै स्वदेश फर्कनुभएका सोही स्थानका रामप्रसाद पुन र अर्का शेरबहादुर श्रीसले साथ दिनुभयो । ती तीनै जनाले सामूहिकरूपमा मिलिजुली कृषि फार्म खोलेर तरकारी खेती शुरु गर्नुभएको हो ।

वार्षिक रु ४५ हजार तिर्ने गरी १८ रोपनी जग्गा भाडामा लिएर  गरिएको तरकारी खेतीबाट अहिले मनग्य आम्दानी हुन थालेको छ । “तरकारी बेचेर कमाएको शुरुको आम्दानीले लगानी थप्नै ठिक्क भयो”, कृषक रानामगरले भन्नुभयो, “खेती गर्न थालेको आठ वर्षपछि बल्ल बचत गर्न थालेका छौँ ।” गिरौदै खोलामा १२ रोपनी र बडिगाड गाउँपालिका–२ खर्वाङमा छ रोपनी जग्गा भाडामा लिएर अहिले हाइटेक प्रविधिको १२ टनेलमा टमाटर, सिमी, घिरौँलो, काँक्रो, सागलगायत अन्य बेमौसमी तरकारी फलाइएका छन् । हालसम्म तरकारी खेतीमा रु ४० लाख लगानी भइसकेको उहाँले  बताउनुभयो । 

परम्परागत प्रविधिभन्दा हाइटेक प्रविधिमा दोब्बरले नाफा गर्न सकिने कृषक रानामगरको अनुभव छ । हाइटेक प्रविधिको टनेल निकै खर्चिलो भए पनि दिर्घकालीनरूपमा आम्दानी गर्न निकै सहज भएको अर्का कृषक  रामप्रसाद पुनले बताउनुभयो । हालसम्म झण्डै रु ४० लाख लगानी गरिसक्नुभएका उहाँहरूले  अबको आम्दानी पूरै बचत हुने जानकारी दिनुभयो ।   रानामगरले भने तरकारीमा आवश्यक मलका लागि कुखुरा, बाख्रा तथा बङ्गुरसमेत पाल्दै आउनुभएको छ । 

अहिले सामूहिकरूपमा गरिएको तरकारी खेतीबाट वार्षिकरूपमा रु २० लाख आम्दानी गर्ने गरेको अर्का सहकर्मी श्रीसले  बताउनुभयो । “हामीले दुई जनालाई रोजगारीसमेत प्रदान गरेका छौँ, आवश्यकताअनुसार अन्य कामदारसमेत ज्यालादारीमा लिन्छौँ”, उहाँले  भन्नुभयो, “सबै खर्च कटाउँदा रु १५ लाख बचत हुन्छ, त्यो तीन जनालाई बाँड्छौँ ।” गिरौदीको तरकारी खेतीमा सोझै सिँचाइ कुलोको पानी थोपा सिँचाइमार्फत प्रयोग गरिँदै आएको र  खर्वाङको तरकारी खेतीमा पम्पको सहायताले बडिगाड खोलाको पानी ल्याएर प्रयोग गरिँदै आएको कृषक श्रीसले जानकारी दिनुभयो । उत्पादन भएको तरकारी गलकोट, खर्वाङ तथा नजिकै रहेको गुल्मीको मुसिकोट नगरपालिकाभित्रै खपत हुँदै आएको छ ।हालसम्म प्याक्ट कार्यक्रममार्फत रु १० लाख र बडिगाड गाउँपालिकाबाट केही रकम अनुदान प्राप्त गरे पनि प्राविधिकरूपमा कसैबाट सहयोग नपाएको कृषक रानामगरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की