Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु, बस दुर्घटनामा छ जना घाइते

By साझासवाल

<p><b>भदौ १९ तुलसीपुर । </b>दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।&nbsp;</p><p><b>बस दुर्घटनामा छ जना घाइते&nbsp;&nbsp;<br></b></p><p>रुपन्देहीबाट दाङ आउँदै गरेको लु१ख ८४५९ नंको बस गए राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् । बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।&nbsp;&nbsp;</p>