2026-07-24 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार ठेकेदार कम्पनी प्रधानमन्त्री कार्यालयको कालोसूचीमा

भदौ १९, काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चार वटा निर्माण सेवा कम्पनिलाई कालोसूचीमा राखेको छ | कार्यालयलमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले सूचना निकालेर बिहीबारदेखि लागू हुने गरी झापाको गणेश निर्माण सेवा, काठमाडौं महानगर-३ को श्री विपिन कन्स्ट्रक्सन क्लिन जनशक्ति एण्ड सप्लायर्स प्रालि, बाँकेको श्री अनमोल निर्माण सेवा र जुम्लाको कृष्णा निर्माण सेवालाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका निर्माण व्यवसायीहरूले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ। कार्यालयले निर्माण सेवालाई कालोसूचीमा राखेको जानकारी सम्बन्धित स्थानीय तहलाई लेखेर पठाएको छ।

गणेश निर्माण सेवा, कृष्णा निर्माण सेवा, अनमोल निर्माण सेवालाई एक वर्ष र विपिन कन्स्ट्रक्सनलाई दुई वर्ष कालोसूचीमा राखिएको हो। कार्यालयको बुधबार बसेको बैठकले यी सेवालाई कालोसूचीमा राख्ने निर्णय गरेको गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक