Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा नुवाकोटका चारसहित आठ जना पक्राउ

२०७६, २२ भाद्र आईतवार १५:४१

अच्युत रेग्मी, भदौ २२, काठमाडौँ । काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ र राजन तामाङ तथा विदुरका धर्मराज तामाङ र पिटर तामाङ, गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले र धादिङ खनियाबासका विजय तामाङ छन् । 

अभियुक्तसँग प्रहरीले दुई थान चिनियाँ पेस्तोल, सोको म्यागेजिन दुई थान, सोको गोली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र मोबाइल नौ थान बरामद गरेको छ । परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै तिनलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले यही भदौ १९ गते नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विश्वकर्मालाई  गोँगबुस्थित मुस्ताङ गेष्टहाउसको ४०४ नम्बरको कोठामा लुटपाट गर्ने समूह रहेको बताउनुभयो । “सुन व्यापारी विकले दिएको निवेदनका आधारमा प्रहरीको टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो ।

विकको रु. दुई लाखभन्दा बढी लुटिएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । सिसी क्यामरा र निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा आठजनालाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

प्रहरीले शुरुमा अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा बाँकी व्यक्तिलाई पक्राउ गर्न सफल भएको सिंहले बताउनुभयो । पक्राउ परेका पाँचजना हाई रेष्टुरेन्ट एण्ड डान्सबारका सञ्चालक भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अधिकारी भगौडा सैनिक हुन् । उनी यसअघि पनि नक्कली नोट र सुन कारोबारमा पक्राउ परेका थिए । यस्तै भण्डारी सशस्त्र प्रहरी बलका बहालवाला जवान हुन् । परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले उनीहरुले नक्कली सुनलाई सक्कली भनेर किन्न बोलाउने र उनीहरुसँग भएको नगद तथा गरगहना लुट्ने गरेको बताउनुभयो । 

पक्राउ परेकाले बोक्ने पेस्तोल चालू अवस्थामा रहेको छ । “विशिष्ट खालको पेस्तोल र गोली बोकेका छन्, पेस्तोल कसरी पाए भन्नेबारे अनुसन्धान जारी छ”, बोगटीले भन्नुभयो । नेपाल प्रहरीले पनि उही खालको पेस्तोल बोक्ने गरेकाले पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश