2026-09-12 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीस वर्षदेखि शरीरमा गोली

सर्जना कार्की, भदौ २४, रुकुमपूर्व (रासस)  । एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ । यो सब उहाँ बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् । 

त्यसैको असरले उहाँको शरीरमा समस्या भएको हो । उहाँको शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एक पटक जीवन पाएका पात्र हुनुहुन्छ उहाँ । बीस वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा हुनुहुन्छ । 

उहाँको दाहिने हातको पाखुरामा एक, देब्रे खुट्टामा एक, दाहिने खुट्टामा दुई, घाँटीमा दुई वटा गोली छन् । त्यसैगरी पेटमा एक, गालामा एक र कम्मरमा एक गोली छन् ।  शरीरभरि छर्रा रहेको पनि उहाँले जानकारी दिनुभयो । जनयुद्धका बेला विसं २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पबाट सैनिक ब्यारेक कब्जा गर्ने क्रममा गोली चल्दा शरीरमा १५ वटा गोली लागेका थिए । बुढालाई गोली लागेपछि सबै भाग्न सफल भएका थिए । उहाँको शरीर रगताम्मे भएको थियो । घाइते अवस्थामा पुग्नुभएका बुढालाई भित्रकै स्वास्थ्य विभागको टोलीले उपचार गरेको थियो । 

घटनाको आठ वर्षपछि भारतको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरेर पाँच गोली निकालियो । दुई हातको पाखुरा, दुई खुट्टा र एक वटा गालाबाट गोली निकालिएको थियो । त्यो गोली चाँहि नसा र हड्डीको छेउछाउमा भएका कारण स्वास्थ्य अवस्थामा समस्या पर्ने र अपाङ्गतासमेत हुनसक्ने भन्दै बाँकी १० गोली निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएका थिए । अहिले ती गोली शरीरभित्र त्यत्तिकै बसेका छन् । शरीरमा गोलीका दाग प्रष्टै देख्न सकिन्छ ।

बुढाको उपचार जङ्गलमै गरिएको थियो । युद्धभूमिकै उपचारले उहाँको ज्यान बचेको थियो । अहिले उहाँको दुवै खुट्टा, हात, घाँटी र ढाडमा लागेको गोलीको निसान बाहिरबाटै प्रष्ट देख्न सकिन्छ । गोली भएको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने र करेन्ट लागेको जसरी बेलाबेलामा झट्का लाग्ने गरेको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण औषधि पनि प्रयोग गर्न नसकेको उहाँले सुनाउनुभयो । 

विसं २०५७ मा १६ वर्षको उमेरबाट राजनीति यात्रा शुरु गरेका बुढाले विद्यार्थी सङ्गठनमा पनि काम गर्नुभएको थियो । त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गर्नुभएको थियो । परिवार नै राजनीतिमा लागेका कारण परिवारको पे्ररणाबाट जनयुद्धमा होमिएको उहाँले बताउनुभयो । लगातार रुपमा विसं २०५५ देखि २०६० सम्म युद्धमा होमिएका बुढा त्यसपश्चात भने भारतमै बस्नुभएको थियो । 

हाल एक वर्ष अघि मात्र नेपाल फर्कनुभएका बुढाले लम्पाकोटमा खेती किसानी गरिरहनुभएको छ । सामान्य काम गर्न सक्ने तर शरीरलाई भार पर्ने खालका काम गर्न नसक्ने उहाँकी पत्नी जगतकुमारी बुढाले बताउनुभयो । अहिले उहाँले सामान्य जीवनयापन गरिरहनुभएको छ । गोलीकै कारण बुढाले धेरै काम गर्न नसक्ने साथै एक्लै र चिसोमा हिँड्न गर्नसमेत सक्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन