४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा तटबन्ध निर्माणले जोगायो बस्ती

२५ भाद्र २०७६, बुधबार ०५:१५

भदौ २५, दार्चुला । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो ।

अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलवासीले बर्खाको समस्या झेल्नुपरेन । सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयवासीको राति सुत्ने सपना पूरा भएको छ । झण्डै एक किलोमिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि यहाँको बस्ती मात्र नभई पूरै गोकुलेश्वर बजार सुरक्षित भएको छ ।

गोकुलेश्वरमा तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम कम भएको छ । चमेलिया नदीले हरेक वर्ष कटान गर्दै आएको गोकुलेश्वर बजार र बस्ती तटबन्ध निर्माणपछि जोगिएको हो । हरेक वर्ष नदीले जमीन कटान गर्दै लगेको थियो । नगरपालिका कार्यालयको तलदेखि चमेलिया पुलसम्म तटबन्ध निर्माण गरिएको छ । आरसीसी र ग्याबियन जालीसहितको तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम घटेको चमेलिया तटबन्ध निर्माण समितिका अध्यक्ष सुरेश भण्डारीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेर तटबन्ध निर्माण गरेको हो । दुई उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणपछि गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर अस्पताल र बादी बस्ती यो वर्ष नदीको जोखिमबाट बचाउन सकिएको अध्यक्ष भण्डारीको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत चमेलिया किनारमा तटबन्ध लगाइएको हो ।

“तटबन्ध निर्माणपछि चमेलियाका नदी घरभित्र छिर्न पाएन”, स्थानीय कुमा बादीले भन्नुभयो, “विगतमा चमेलियाको पानी बर्खायाममा घरभित्र पस्थ्यो, यो वर्षदेखि ढुक्क भएर निदाउन पाइएको छ चमेलिया किनारमा आश्रित हामीहरुको लागि तटबन्ध निर्माणपछि राहत मिलेको छ ।” 

हिउँदमा चमेलिया नदीको सतह घटे पनि बर्खायाममा उर्लेर आउँछ । पूरै बजार क्षेत्रसम्मै नदीको जोखिम हुने गरेको थियो । अहिले आधा भू–भागसम्म मात्रै तटबन्ध निर्माण गरिएको छ । पूरै तटबन्ध आरसीसी वाल निर्माण गरेर बनाए अझै गोकुलेश्वर बजार जोगाउन सकिने स्थानीय व्यापारी तिलक साउदले बताउनुभयो । 

चमेलिया नदीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार मात्र नभएर मकरीगाड, ओखल, लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलबवगड, बलाच, दहखाली, छोला, मकन्ना, देथला, कुकुडेपानी, लुइटा, ओसल, नाइल, गाजरी, कड्पते, गोकुलेश्वर, जगतपुरी र बसकोट बस्तीलाई समेत वर्षेनी जोखिममा पार्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ