भदौ २७, दार्चुला | दार्चुला स्थायी घर भई सशस्त्र प्रहरीमा कार्यरत एकजना वेपत्ता भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान रमेश सिंह धामी वेपत्ता भएका हुन् |
नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत धामी दार्चुला जाने क्रममा भदौँ २३ गते अत्तरीयाबाट वेपत्ता भएका हुन्। उनका परिवारले धामीलाई देख्नेलाई खबर गरिदिन आग्रह गरेका छन्।