2026-07-25 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ वटा हेलिकप्टरले गरे आकस्मिक अवतरण, यात्रु भने शकुशल

भदौ ३१, काठमाडौँ | मौसमको खराबीका कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेका छन् | काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेका हुन् |

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखाल नगरपालिका स्थित वडा नम्बर २ मा रहेका धानखेतमा आकस्मिक अवतरण भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार मौसम प्रतिकुल भएपछि एकैपटक धेरै हेलिकप्टर अनुकुल ठाउँमा अवतरण गरेका हुन्।

उनका अनुसार हेलिकप्टर तथा यात्रुलाई भने केही भएको छैन। ‘काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर विभिन्न ठाउँमा अवतरण गरेको हामीले सूचना पाएका छौं। यसबाट कुनै पनि क्षति भएको छैन। मौसममा सुधार भएपछि ती हेलिकप्टर उड्छन्’ तिवारीले भने।

गएको केहीदिनदेखिको मौसमी प्रतिकुलताले लुक्ला उडान प्रभावित हुँदै आएको छ। लुक्लामा नियमित जहाज उडान नभएपछि हेलिकप्टरको चाप धेरै देखिएको छ। सोही क्रममा आज काठमाडौंको मौसम खराब भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरेको विमानस्थलका अधिकारीहरुले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक