२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दर्चुलाकी एक महिलाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

६ आश्विन २०७६, सोमबार १५:०८

असोज ६, दार्चुला । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माउनुभएको छ । आज बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्मिएका हुन् ।

तेस्रो सन्तानको रूपमा गर्भवती बन्नुभएकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताउनुभयो । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माउनुभएको हो । यसअघि धामीका एक, छ र अर्को तीन वर्षका छोरी छन् ।

नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो । तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो २०० ग्राम मात्र तौल रहेको ठगुन्नाले बताउनुभयो । 

औसतमा बच्चा जन्मिदा दुई दशमलव पाँच किलोग्राम तौल हुने गर्छ । अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहे पनि जोखिम भने रहेको स्वास्थ्यर्कीको भनाइ छ ।  कम तौल तथा समय अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको अनमी ठगुन्नाले बताउनुभयो ।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताउनुभयो । यस्तै अक्सिजन मेसिनसमेत छैन । चौबीसै घण्टा प्रसूति सेवा भए पनि उपकरण अभावमा समस्या भएको उहाँले बताउनुभयो । अहिलेसम्म आमा र शिशुको ज्यान जोगिएको छ, तर थप उपकरण नहुँदा समस्या भएको छ । 

सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरिएको भए पनि परिवारले आर्थिक अभाव देखाउँदै लिएको छैन । महिलाको तल्लो पेट दुख्ने तथा रक्तस्राव नरोकिएका कारण खतरामुक्त नरहेको उहाँले बताउनुभयो । 

“परिवारको आर्थिक अवस्था कमजोर छ, बाहिर लैजान खर्च छैन”, श्रीमान् मानसिंह धामीले भन्नुभयो, “स्वास्थ्यकर्मीले बिहानै बाहिर लैजान भने पनि सकेको छैन, श्रीमती हिँड्न सकेकी छैनन्, केही दिन अघि घर नजिकै लडेकी थिइन् सोही कारण चाँडो बच्चा जन्मिएका हुन् ।”

अहिले सुत्केरी महिला र नवजात शिशुलाई सुविधा सम्पन्न अस्पताल लैजाने तयारी भइरहेको छ । नौगाड गाउँपालिकाका नायब सुब्बा नरेन्द्रसिंह ठगुन्नाले महिला र नवजात शिशुको थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले सुत्केरी महिलालाई एयर एम्बुलेन्समार्फत धनगढी लैजाने प्रक्रिया बढाउनुभएको छ । “दुवैको ज्यान जोगाउन प्रदेशसभा सदस्यहरूले चासो देखाउनुभएको छ”, ठगुन्नाले भन्नुभयो, “अहिले गाउँपालिकाले पत्र तयार गरेको छ । यस्तै प्रहरी चौकी दल्लेखबाट खारमा हेलिकप्टर अवतरण गर्ने मैदानको खोजी भइरहेको छ । 

मङ्गलबार बिहानसम्म दुवैको उद्धार गर्ने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ढिलो गरी महिला नवजात शिशुको बारेमा जानकारी आएको कारण तयारीमा ढिलाइ भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला