2026-07-25 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली युवा वैज्ञानिकले जिते स्वर्ण सहित तीन पदक

कात्तिक ४, काठमाडौँ | रुसमा सम्पन्न ‘आठौँ एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । कूल २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन् ।

नेपालकोतर्फबाट सहभागी विभिन्न कलेजका नौ विद्यार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका हुन् । प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौँ एशिया प्यासिफिक युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सम्मेलन आयोजना भएको थियो । नेपाल पोलिमर इस्टिच्युट काठमाडौँको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नौ नेपाली विद्यार्थीले प्रस्तुति दिएका थिए । गत महीना नेपाल पोलिमर इष्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक