<p><b>कात्तिक १९, राजापुर ।</b> बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।</p><p>निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताउनुभयो ।</p><p>थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो ।</p><p> निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो । </p>
November 5, 2019
काठमाडौँ - KTM, बर्दिया - BRD, समाज
बर्दियामा बाघको आक्रमणमा परी माहुतेको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










