२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सुत्केरीलाई उपाध्यक्षको कोसेली

२५ कार्तिक २०७६, सोमबार ०६:४६

कार्तिक २५, बैतडी | बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।  गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए |

पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए।  उक्त कार्यक्रमका लागि गाउँपालिकाले  चार लाख २० हजार रकम विनियोजन गरेको छ। उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए। उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताए। दोगडाकेदार गाउँपालिकाका वडा नम्बर ४, ५ र ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन्। 

गाउँपालिका पूर्ण पोषणयुक्त घोषणा हुँदै

दोगडाकेदार गाउँपालिकाका दुई वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएका छन्। दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ र  ५ लाई पूर्ण पोषणयुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। 

पूर्ण पोषणयुक्त घोषणाका लागि आवश्यक सूचक पूरा गर्नका लागि दुई वडा लागिपरेका छन्। पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, छ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र पाँच वर्षमुनिका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ए र जुकाको औषधि खाएको हुनुपर्ने दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली स्वास्थ्यचौकीका इञ्चार्ज नैनसिंह गोयलाले जानकारी दिए।

यसका साथै एक वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टिटीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी हुनुपर्नेलगायतका सूचक हुनुपर्ने उनले बताए। पूर्ण पोषणयुक्त घोषणाका लागि गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य