2026-07-24 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालको आकाशमा भारतका फाइटर विमान…’, यस्तो छ वास्तविकता

कात्तिक २७, काठमाडौँ | भारतले नेपालको सुदुरपश्चिम प्रदेशको दार्चुला स्थित सिमानामा नेपालको भूमि मिचेको बिषयमा नेपालमा बिरोध चर्कीरहेका बेला अछामको आकाशमा दर्जनौं फाइटर विमान उडाईएको भन्दै अपुष्ट समाचार भाइरल बनाइएका छन् । 

माथिको तश्वीर: फेसबुकमा अपडेट भएका समाचार पोष्टहरु | Screenshot time:4:56 PM/11/13/2019

देशभरी भारतले नेपालको सिमाना मिचेको बिषयका बीच मंगलबार राति स्थानीयले आकासमा चम्किलो यानहरु उडेको देखेपछि भारतले आफ्नो माथि फाइटर प्लेन उडाएको भन्दै हो-हल्ला फैलाएर स-संकित बनेको बुझिएको छ । यसै बिषयमा साझा सबाल मिडियाले अछाम स्थित जिल्ला प्रशासन कार्यालयका सहायक सिडीयो शितल रावलसंग कुरा गर्दा रावलले स्याटेलाइटहरु देखिएको भन्दै हल्लाको पछि नलाग्न स्थानीयहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन् ‘यो निकै हास्यास्पद कुरा समाचारमा आईरहेका छन्, अछाम सुदुरपश्चिमको जिल्लाहरुको बीचमा पर्ने जिल्ला हो, फाइटर प्लेननै हो भने अरु जिल्ला क्रस गरे पछि मात्र अछाममा देखिने हो । नत्र कसरी अछामको आकासमा मात्र देखिन्छ ?’ रावलको भनाईलाई आधार मान्ने हो भने फाइटर प्लेन अछामको आकासमा पुग्नको लागि उत्तरतर्फबाट दार्चुला, बझाङ वा बाजुरा, पश्चिम तर्फबाट बैतडी, डडेलधुरा वा डोटी र दक्षिण तर्फबाट कैलाली, कंचनपुर वा सुर्खेत पार गर्नुपर्ने हुन्छ । रावलका अनुसार अछामको आकासमा फाइटर प्लेन देखिएको भन्ने कुरा सरासर भ्रामक हो । 

यसैबीच भारतीय फाइटर बिमान नेपालको आकाशमा उडाइएको र स्थानीयहरु त्रसित बनेको भन्दै आएको समाचारको जिल्ला प्रहरी कार्यालय अछामले बुधबार दिउसो स्पष्टिकरण समेत दिएको छ । जिप्रका अछामले दिएको जानकारी अनुसार मंगलबार बेलुका अन्दाजी १६:३० बजे पश्चिमबाट पूर्वतर्फ गईरहेको अछामका आकाशमा देखिएका दर्जनौं चम्किला यानहरु SpaceX भन्ने निजि अन्तरिक्ष कम्पनीले एकै पटक आकासमा छाडेको ६० वटा भू-उपग्रह भएको बुझिएको छ । 

(Image credit: SpaceX)

(Image credit: copyright Marco Langbroek via SatTrackBlog)

जिप्रका अछामले दिएको जानकारीलाई प्रमाण मान्ने हो र गुगलमा SpaceX launched 60 new satellites into orbit today (Nov.11) खोज्ने हो भने त्यसलाई सावित गर्ने आधारहरु भेट्न सकिन्छ । एकै पटक आकासमा छाडेको ६० वटा भू-उपग्रहको बिषयमा स्पेस डट कममा समाचार अपडेट प्राप्त गर्न सकिन्छ । समाचार लिंक:- https://www.space.com/see-spacex-starlink-satellites-in-night-sky.html

केहि अनलाइनले मंगलबार देखिएको दृश्य भारतको फाइटर विमान भएको भन्दै समाचार दिएपछि सामाजिक संजालमा जोडिएकाहरुले अछामबाट मात्र नभई अन्य जिल्लाबाट उक्त यान जस्तो लाग्ने दृश्यहरु आफूले पनि देखेको प्रतिक्रिया दिएका छन् । कतिपयले अनलाइनमा समाचार भाइरल भएपछि सरकार मुकदर्शक भएर बसेको भन्दै सामाजिक संजालमा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक