Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाले भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने

२०७६, २९ कार्तिक शुक्रबार ०२:२७

कात्तिक २९, काठमाडौं । नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको हो ।

नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सीमाको अनुगमन, निरीक्षण तथा सर्भे गर्ने र सोबाट प्राप्त अवस्थाको सुझाव सरकारलाई दिनेगरी सेनाले ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको जनाए ।

‘सीमा क्षेत्रको अनुगमन तथा सर्भेसमेत गर्ने गरी सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना भएको हो,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने,‘निर्देशनालयले विभिन्न समयमा प्राप्त तथ्य तथा दस्तावेजको अध्ययनसमेत गरी प्राप्त विवरणसहितको सुझाव सरकारलाई दिनेछ ।’

सरकारले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा सीमा सुरक्षाको लागि सेना सधै तत्पर रहने उल्लेख छ । सेनाले सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय सुरक्षा नीतिमा टेकेर यस्तो निर्देशनालय गठन गरेको हो ।

तर, सीमामा कुन रूपमा र कसरी सेनालाई परिचालन गर्ने भन्ने विषयमा भने कानुनमा उल्लेख छैन । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली