कात्तिक ३०, चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्ँिटदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो ।