२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तीव्र गतिमा

२०७६, ३० कार्तिक शनिबार ०९:३०

 कात्तिक ३०, नवलपुर । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता पाएको छ । क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।

रङ्गशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुससुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो । रङ्गशालाको निर्माणका लागि आफू दिनरात खटिएको बताउनुभएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म रङ्गशाला निर्माणको काममा जुटेको धुर्मुसको भनाइ छ । 

 नवलपुरको गैँडाकोटमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले क्रिकेट मैदान सम्याउने काम अगाडि बढिरहेको जानकारी दिनुभयो । “अहिले राति अबेरसम्म पनि रङ्गशाला निर्माणको काममा जुटिरहेका छौँ”, उहाँले भन्नुभयो । 

मैदान सम्याउने र नालीको काम पूरा भएपछि पक्की निर्माणको काम अगाडि बढाउने उहाँले बताउनुभयो । हाल कम्तीमा पनि ८० कामदार खटिएर नाली निर्माणका लागि डिपिसीको काम भइरहेको कट्टेलले बताउनुभयो । क्रिकेट मैदानका लागि जमीनको सतहबाट दुई फिट उचाइमा माटो उठाउनुपर्ने भएकाले माटोलाई रोलरले पेल्दै सम्याउँदै अगाडि बढिरहेको कट्टेलको भनाइ छ ।

“क्रिकेट मैदानका लागि मुख्य मैदान निर्माणसँगै क्रिकेट अभ्यासका लागिसमेत मैदान तयार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रङ्गशाला हेर्नका लागि आउने र खेल्नका लागि आउनेका लागि क्रिकेट मैदानको ‘स्याम्पल’ बनाएका छौँ, यसरी हामीले रङ्गशाला निर्माणको काम अगाडि बढाएका छौँ ।” खेल्नका लागि योग्य मैदान चाँडै नै निर्माण हुने जानकारी दिँदै धुर्मुसले स्रोत व्यवस्थापन भएको अवस्थामा २२ महिनाभित्रमा सम्पूर्ण संरचनासहित रङ्गशाला निर्माण पूरा गर्न सकिने बताउनुभयो । 

क्रिकेट रङ्गशाला समयमै निर्माण सम्पन्न गर्नका लागि सबै नेपाली अभियान्ता बनेर तन, मन र धनले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । भरतपुरमा निर्माण भइरहेको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग गर्न गैँडाकोट नगरपालिकामा नगरस्तरीय सहयोग समिति बनेको छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलको संयोजकत्वमा नगरस्तरीय सहयोग समिति निर्माण गरिएको हो ।

करिब रु दुई अर्ब ६० करोड लागतमा चितवनको भरतपुर–१५ मा रहेको कृषि तथा वन विश्वविद्यालय परिसरमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । बीस बिघा छ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको अत्याधुनिक सुविधासम्पन्न रङ्गशालामा २५ हजार दर्शक क्षमताको हुनेछ । नेपालको मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु