2026-07-24 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल

कात्तिक ३०, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभएको छ । 

जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएर विकासका योजना निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुभयो । 

मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्दै निष्कृय बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरेको छ भन्नुभयो । जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणमा अग्रसरता लिन आग्रह गर्दै उहाँले भन्नुभयो, “विकास निर्माणका कार्यलाई अनुगमन गर्दै समृद्धिको यात्रामा सहयोग पु¥याउनु पर्दछ ।”

समग्र चितवनवासीको एउटै ‘चिन्तन, सफा सुन्दर र समृद्ध चितवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो जिल्लासभामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चालू आवका लागि आन्तरिकतर्फ रु ३९ करोड ६५ लाख ५६ हजार ६६८ र बाह्य स्रोततर्फ रु दुई करोड छ लाख ६९ हजार ९७३ को बजेट पेश गर्नुभएको थियो ।

सो अवसरमा डल्लाकोटीले आगामी वर्षमा जिल्लामा गरिने पाँच वटा विशेष प्रस्तावसमेत पेश गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ लगायतले जिल्लाको सम्रग विकासका विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक