Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन काग र कोइली जस्तो : नेता सिटौला

२०७६, २ मंसिर सोमबार १३:२३

मङ्सिर २, गलकोट । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताउनुभएको छ । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाउनुभयो ।

आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै काङ्ग्रेसले खबरदारी गर्ने बताउनुभयो ।

सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गर्नुभएको थियो । काङ्ग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली