<p><b>मङ्सिर ८, गुलरिया । </b>नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।</p><p>इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।</p>
November 24, 2019
काठमाडौँ - KTM, बर्दिया - BRD, समाज
विप्लब समूहका दुई कार्यकर्ता गिरफ्तार
By साझासवाल
2 मिनेट पढाइ










