मङ्सिर ९, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ । भारतमा आज जारी विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ ।
विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सिमानाका बन्द राख्न अनुरोध गरेको थियो । यसअघि गत असोज १८ गते भारतको पिथौ