Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लामा ट्रिपर दुर्घटना, १३ घाईते ३ को मृत्यु

By साझासवाल 5 मिनेट पढाइ

रेशमराज रोकाया | मङ्सिर ११, हुम्ला | हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा १३ जना घाईते र ३ जनाको मृत्यु भएको छ । नेपाल खाद्य संस्थानको चामल र अन्य वन्दोवस्तीको सामान ढुवानीको साथमा यात्रु सदरमुकाम सिमकोट तिर आउँदै गरेको ट्रिपर सिमकोटको लाग्ना डाँडा नजिकै दुर्घटना भएको हो ।

चालकले अत्याधिक मदिरा सेवन गरी ट्रिपर हाँकेको पाईएको प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्धनगर पालिका वडा नं. ११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानियले कब्जामा लिई प्रहरी समक्ष पेश गरेका छन् । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका छिरिङ्ग कर्मा तामाङ्ग, नरी लामा र खार्पुनाथ गाउँपालिका वार्ड नम्बर १ का बबरजंग शाही रहेका छन् । घाईते हुनेमा नाम्खा गाउँपालिका वडा नं. १ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका वडा नं. ६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, भक्त ब. रोकाया, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ का नर सुनार, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिँह भण्डारी, सर्केगाड गाउँपालिका वडा नं. २ का अंग फडेरा रहेका छन् ।

माथिको तश्वीरमा: दुर्घटना भएको ट्रिपर/तश्वीरः रेशमराज रोकाया

ट्रिपर मुल सडक भन्दा करिब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरले बताउनु भयो । दुर्घटना पछि ट्रिपर नजिकै रहेको विद्युत पोलमा अडिएको छ । अन्य के कति मात्रामा हताहत भए भन्ने अनुसन्धान र उद्धारको लागि प्रहरी सहायक निरिक्षक सहितको १३ जनाको टोली घटनास्थलमा रहेको छ । घाईते हुने सबैलाई जिल्ला अस्पताल, सिमकोटमा उपचार भईरहेको छ । अधिकाँश घाईतेको अवस्था गम्भिर रहेको प्रहरी प्रमुख घर्तीमगरले बताउनु भयो । घाईतेको उपचार सिमकोटमा गर्नको लागि कठिन भईरहेको छ । अधिकाँशको छाथी, टाउको र हात खुट्टा काम नलाग्ने अवस्थामा रहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

घाईतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा पुग्नु भएको छ । घाईतेलाई प्रारम्भिक उपचार पछि भोली हवाई जहाजबाट नेपालगञ्ज तिर थप उपचारको लागि पठाउन लागिएको मन्त्री रावलले बताउनु भयो । दुर्घटना अबेर भएको कारण हेलिकोप्टर झिकाउनको लागि समस्या भएको समेत रावलले बताउनु भयो ।