२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

१९ मंसिर २०७६, बिहीबार १०:४०

मंसिर १९, सर्लाही | सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए |

गम्हरीया गङ्गा फ्युल सेन्टर नजिक आज १२ः१५ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई जिल्ला अस्पताल मलङ्गवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले  बताए । मोटरसाइकल पछाडि बस्ने लालबन्दी नगरपालिका– १ नवलपुर निवासी २४ वर्र्षीय अबुलेक मिकरानी घाइते भएका छन् ।   

ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा–१ निवासी २० वर्षीय आशिष मिकरानीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक रायको शव अहिले परीक्षणका लागि मलङ्गवा अस्पतालमा राखिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित