2026-07-24 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कृति जोगाउन यमरी पुन्ही फुड फेस्टिवल आयोजना गरिदै

मंसिर २०, काठमाण्डौ | फुड लभरहरुको लागि आगामी मंसिर २१ गते (शनिबार) बिशेष दिन बन्न सक्छ । काठमाण्डौ स्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल– असनमा यःमरी पुन्ही फुड फेस्टिवल आयोजना हुदैछ । काठमाण्डौ उपत्यका भित्र नेवारी समुदायको बिशेष परिकारको रुपमा मानिने यमरीको स्वाद लिन सकिनेछ । शनिबार चल्ने उक्त यमरी पुन्हीको पुर्वसन्ध्यामा सहभागिता जनाउनेहरुले स्टलमा राखिएका बिभिन्न फरक–फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको साथै बिशेष छुटमा योमरी किन्न सक्नेछन ।

पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन बिद्यार्थी मञ्च–नेपालको आयोजनामा नेवारी समुदायमा १ शताब्दीको इतिहास रचेको यमरी पक्कै पनि रोचक र फरक स्वाद बन्न सक्नेछ । पछिल्लो समय समुदायबाट लोप हुदै गएका र खानामा आफ्नै मौलिक पहिचान बनाएका नेवारी परिकारहरुलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफुहरुले यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेको पर्यटन बिद्यार्थी मञ्च–नेपालका अध्यक्ष अभिषेक अर्यालले बताए ।

शताब्दी इतिहास बोकेको यमरी तथा नेवारी परिकारको संरक्षण,नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम संयोजक एबम मञ्चकी सचिव बिजिता शाक्यले बताईन । पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उदेश्यले उक्त कार्यक्रम मंसिर २१ गते (शनिबार) बिहान ११ बजे देखि बेलुकी ६ बजेसम्म चल्ने र बिदेशी सहभागीहरुलाई यमरी बनाउन सिकाईने उनले जानकारी दिईन । उक्त कार्यक्रमलाई पर्यटनसंग आबद्ध बिभिन्न संघ सस्थाहरुले सहयोग र सहकार्य गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक