Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

काठमाडौँमा ३ बालिकामाथि यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

मंसिर २३, काठमाडौँ | एयरपोर्ट नजिकैको गेस्टहाउसमा लगेर तिन बालिका माथि यौन शोषण गर्ने एकजना अमेरिकन नागरिक पक्राउ परेका छन् | ४० बर्षिय  जेसन लोयड मुडी पक्राउ पाएका हुन् | 

बालिकालाई आर्थिक प्रलोभन देखाउदै दै एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो |

उनीमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | उनी बालयौन दूराचारमा समेत संग्लग्न रहेको प्रहरीको भनाइ छ |

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।