२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पचास हजार घुस रकमसहित दुई प्रहरी पक्राउ

२०७६, २५ मंसिर बुधबार ०२:०८

मङ्सिर २५, सर्लाही | नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी