Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

२०७६, २९ मंसिर आईतवार ०२:१५

 मंसिर २९, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ ।

विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

“टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ”, उनले भने । समग्रमा विमानस्थलको भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको उनले बताए । 

सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली