४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)

२४ चैत्र २०७२, बुधबार १४:१७

चैत्र २४, प्रज्वल पौडेल, रामेछाप ।

सुरक्षित
वैदेशिक रोजगारी सम्बन्धी सन्देशमूलक सडक नाटक सदरमुकाम मन्थलीमा बुधबार प्रदर्शन गरिएको छ । हेल्भेटास
/ स्विस ईन्टरकोअपरेशन नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको सहयोगमा सामुदायिक जनशक्ति विकास
कार्यक्रम गोल्माटार र चारघरे सेवा समिति रामपूर रामेछापको संयुक्त आयोजनामा सडक नाटक संचालन गरिएको हो

sadak natak

सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने काम, सीप, सुचना, तालिम र
गन्तव्य देशको वारेमा आवश्यक जानकारी नहुँदा विदेशमा नेपालीले भोग्नु परेका समस्या र विदेशिएका युवाले
स्वदेशमा पठाएको रेमिट्यान्सको दुरुपयोग समेतको कथावस्तु समेटिएको छ ।

sadak natak 1

यस्तै बैदेशिक
रोजगारीको शिलशिलामा खाडि लगाएत अन्य मुलुकमा  श्रम कानुन, ट्राफिक नियम, जान लाग्ने अावश्यक रकमजस्ता
कुराको साधारण जानकारी समेत नहुदाँ विदेशी भुमीमा युवाहरुले जोखिमपूर्ण अवस्थाहरुको सामना गर्नुपरेको
विषय समेत समेटिएको छ । नाटकले सकेसम्म स्वदेशमा नै
रोजगार गरौ वैदेशिक रोजगारमा जानै पर्ने अवस्थामा
पनि आवश्यक सीप र सुचना लिएर मात्र जान सन्देश दिने  कथाबस्तु समेटेको छ ।

sadak natak 3
नाटकको माध्यमबाट प्रवाह भईरहेको सूचना समय
सान्दर्भिक र अतिआवश्यक हुनुको साथै अति लाभदायी भएको प्रतिक्रिया नाटक अवलोकनकर्ताहरुले बताएका छन् ।

sadak natak 4
सडक नाटक
जिल्लाको विभिन्न ग्रामिण स्थानबाट बढिमात्रामा वैदेशिक रोजगारीमा जाने गाविसका स्थानियलाई लक्षित गरि
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सहि सूचना दिने उद्देश्यले चैत्र १० गते देखि कार्यक्रम सञ्चालन
गरिएको सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सागरविक्रम बस्नेतले बताउनुभयो

सडक नाटकका तस्विरहरु

sadak natak 5jpg

sadak natak 6

sadak natak7

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ