८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)

२४ चैत्र २०७२, बुधबार १४:२१

चैत्र २४, प्रज्वल पौडेल, रामेछाप

सुरक्षित वैदेशिक
रोजगारी सम्बन्धी सन्देशमूलक सडक नाटक सदरमुकाम मन्थलीमा बुधबार प्रदर्शन गरिएको छ । हेल्भेटास / स्विस
ईन्टरकोअपरेशन नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको सहयोगमा सामुदायिक जनशक्ति विकास कार्यक्रम
गोल्माटार र चारघरे सेवा समिति रामपूर रामेछापको संयुक्त आयोजनामा सडक नाटक संचालन गरिएको हो ।

sadak natak

सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने काम, सीप, सुचना, तालिम र
गन्तव्य देशको वारेमा आवश्यक जानकारी नहुँदा विदेशमा नेपालीले भोग्नु परेका समस्या र विदेशिएका युवाले
स्वदेशमा पठाएको रेमिट्यान्सको दुरुपयोग समेतको कथावस्तु समेटिएको छ ।

sadak natak 1

यस्तै बैदेशिक
रोजगारीको शिलशिलामा खाडि लगाएत अन्य मुलुकमा  श्रम कानुन, ट्राफिक नियम जस्ता कुराको साधारण जानकारी
समेत नहुदाँ विदेशी भुमीमा युवाहरुले जोखिमपूर्ण अवस्थाहरुको सामना गर्नुपरेको विषय समेत समेटिएको छ ।
नाटकले सकेसम्म स्वदेशमा नै
रोजगार गरौ वैदेशिक रोजगारमा जानै पर्ने अवस्थामा पनि आवश्यक सीप र सुचना
लिएर मात्र जान सन्देश भएको कथाबस्तु समेटेको छ ।

sadak natak 3
नाटकको माध्यमबाट प्रवाह भईरहेको सूचना समय
सान्दर्भिक र अतिआवश्यक हुनुको साथै अति लाभदायी भएको प्रतिक्रिया नाटक अवलोकनकर्ताहरुले बताएका छन् ।

sadak natak 4
सडक नाटक जिल्लाको
विभिन्न ग्रामिण स्थानबाट बढिमात्रामा वैदेशिक रोजगारीमा जाने गाविसका स्थानियलाई लक्षित गरि सुरक्षित
वैदेशिक रोजगारी सम्बन्धी सहि सूचना दिने उद्देश्यले चैत्र १० गते देखि कार्यक्रम सञ्चालन गरिएको
सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सागरविक्रम बस्नेतले बताउनुभयो ।

सडक नाटकका तस्विरहरु

sadak natak 5jpg

sadak natak 6

sadak natak7

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ