2026-10-16 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । 

काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको समयमा काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियसमा उक्लिएको छ । घाम लाग्दै गरेकोले क्रमश तापक्रम बढ्दै जान्छ । 

पश्चिम तराईका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बनाएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

उपत्यकामा मात्र नभई देशका अन्य भू-भागमा पनि चिसो बढेको छ, मौषम मापन केन्द्रहरुले दिएको जानकारी अनुसार जिरी र जुम्लाको तापक्रम ऋणात्मक रहेको छ । जुम्लाको न्युनतम तापक्रम माइनस ७ डिग्री पुगेको छ । त्यस्तै जिरीको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस पुगेको छ । 

त्यस्तै अन्य भू-भागको न्युनतम तापक्रम निम्न अवस्थामा रहेका छन्: 

१. दिपायल – ३.५ डिग्री सेल्सियस 

२. डडेलधुरा – १.७ डिग्री सेल्सियस 

३. धनगडी – ८.२ डिग्री सेल्सियस 

४. बिरेन्द्रनगर – २.० डिग्री सेल्सियस 

५. नेपालगंज – ८.५ डिग्री सेल्सियस 

६. पोखरा – ६.० डिग्री सेल्सियस 

७. भैरहवा – १०.६ डिग्री सेल्सियस 

८. सिमरा – १०.० डिग्री सेल्सियस 

९. ओखलढुंगा – ३.५ डिग्री सेल्सियस 

१०. ताप्लेजुङ – ४.४ डिग्री सेल्सियस 

११. धनकुटा – ५.९ डिग्री सेल्सियस 

१२. बिराटनगर – ७.८ डिग्री सेल्सियस 

१३. लुम्ले – २.५ डिग्री सेल्सियस 

१४. जनकपुर – १०.२ डिग्री सेल्सियस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु