४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका उखु किसानद्वारा चिनी मिल बन्द गर्ने चेतावनी

१२ पुष २०७६, शनिबार १३:३१

पुष १२, सर्लाही | ऊखुको बक्यौता रकम नपाएको भन्दै  सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । 

सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् ।  यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो । 


सङ्घर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् ।  सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ । ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रायले राससलाई जानकारी दिनुभयो । सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग रु ५० करोड र महालक्ष्मीसँग रु २१ करोड गरी कूल ७१ करोड बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताउनुभयो । 

सरकारले सालाखाला ऊखुको मूल्य प्रतिकेजी रु ५।३६ पैसा तोकेको भए पनि ऊखु मिल्सले किसानलाई रु ४।३५ पैसा मात्र भुक्तानी दिँदै आएका छन् । किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम बक्यौता रहेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ