Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-25 03:59 AM
काठमाडौँ - KTM

कलिलै उमेरमा छिप्पिएको रोग

असार ६, इलाम |  इलाम देउमाई नगरपालिका एक (मंगलबारे)का मनिष राई उमेरले १३ वर्ष पुगे । उनकै उमेर समूहका अन्य साथी संगी बिद्यालय जान्छन् । आफुले सक्ने काम गर्छन्, हरेक क्रियाकलापमा भाग लिन्छन् ।

बल प्रयोग गरेरै गरिने सानातिना कामहरु पनि गर्छन् । या भनौ शारिरिक रुपमा उनीहरु तन्दुरुस्त छन् । तर मनिषलाई स्याहार सुसाहार गर्न उनका परिवार हर समय लागिरहनु पर्छ । उनी १५ महिना अघि सम्म शारिरिक रुपमा सक्षम थिए । गत २०७१ साल फागुनबाट उनलाई रोगले च्याप्यो । त्यसपछि उनलाई राम्रो अस्पताल कुदाउँदै उनका परिवारको धेरै समय र खर्च सकिसकेको छ । सुरुमा नेपालका बिभिन्न अस्पताल हुँदै भारतका समेत चर्चित अस्पतालमा रोग पत्ता लगाउन लैजाँदै क्रिण लाग्न थालिककेको उनका परिवार वताउँछन् । भारतको एक अस्पतालमा डाक्टरले क्यान्सर लागेको पुष्टि गर्दै नेपालकै चितवन क्यान्सर अस्पताल लैजान सिफारिस ग¥यो । 

परिवारले मनिषलाई सोहि अनुरुप चितवन स्थित विपि कोइराला मेमोरियल सेन्टर हष्पिटल लगेर उपचार गराउन थाले । उनको घाँटीमा क्यान्सर भएको पुष्टि भएसँगै उपचार सुरु पनि गरियो । आर्थीक रुपले सामान्य मात्र रहेको उनको परिवारले भएको सवै सम्पती सकिसकेको बुबा गोपाल राइले वताए । उनले भने –‘अव त जग्गा नै सकिसक्यो ।’ छोराको उपचारमा हाल सम्म एघार लाख खर्च भइसकेको उनले वताए । सामान्य कृषि पेशामा नै गरेर खाने परिवारकालागि सो रकम ठुलो हो । मनिषसको घाँटीको उपचार भइरहे पनि कडा दवाई र बिरामी भएको समयमा खाना नखाएकै कारण उनको खुट्टा चल्न छाडिसकेको छ । एउटा रोगको उपचार हुँदै गर्दा अर्को रोगले सताए पछि परिवार झनै चिन्तामा छन् । क्यान्यसरकै थप उपचार गराउन अस्पतालले साढे तीन लाख जम्मा गर्न भनिसकेको छ । अझै खुट्टाको उपचार गराउँदा थप रकम खर्च हुने हुँदा सो परिवार चिन्तामा छ । उपचारसँगै अस्पतालमा लैजाँदा, घर ल्याउन र चितवनमा बस्दाको खुवाई र भाडाले नै उपचारमा भए सो सरह नै खर्च भइसकेको परिवार श्रोतको भनाई छ । एक चोटी उपचार गराउँदा अस्पतालले सात वा पन्ध्र दिन पछि बोलाउने गरेको उनकी आमा सिताले वताइन् । क्यान्सरको उपचारमा प्रयोग परिने केमु चलाउन नै नसक्ने अवस्था भइसकेको परिवार श्रोत वताउँछ । अव लाग्ने खर्च जुटाउन परिवारलाई समस्या भएको छ । कसैले सहयोग गरे पनि छोराको उपचार गराउनमा थप टेवा पुग्ने आमा सिताले वताइन् । 

उनले भनीन् ‘त्यत्रो दिन चितवनमा नै बसौँ भने खाँदा र बस्दा पनि धेरै खर्च हुने फर्किउँ भने पनि गाडी भाडा महंगो लाग्ने सँधै समस्या नै समस्या ।’ 

कक्षा पाँचमा पढ्दापढ्दै रोगले च्यापेपछि त्यो भन्दा माथी पढ्ने धोको रोगले नै खाइदियो । कलिलै उमेरमा छिप्पीएको रोगले सताउँदा उनको परिवार पिडामा दिन र रात विताईरहेको छ । सहयोग गर्ने कोहि भए छोरालाई वचाउँथ्यौँ आमाले भनिन् । –‘संघसंस्था र ब्यक्तिले सहयोग गरिदिए पछि तिर्ने प्रयास गथ्यौँ ।’ मात्र छोराले पुनरजिवन पाए ढुक्कले काम गर्न पाइने र लागेको रिण तिर्नेमा परिवार विश्वस्त छ ।  कोहि दानबिर भए सहयोग गरेर उनको उपचारमा सहयोग गरे साँच्ची नै पुण्य मिल्ने थियो कि ?

             


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक