२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भुक्तानी नदिने सुगरमिलमा तालाबन्दी

१७ पुष २०७६, बिहीबार १५:५९

पुष १७, सर्लाही | उखु किसानको रु २० करोड बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् ।

उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत रु २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य  रु ५३५ पूरै उखु किसानले पाउनुपर्ने र उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसङ्गत नभएको साथै नियमसङ्गत एक प्रतिशत मात्र ढाला काट्नुपर्नेलगायतका माग राखी किसानले उद्योगमा तालाबन्दी गरेका उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताउनुभयो ।

गत वर्षबाट सञ्चालन शुरु गरेको उद्योगले उखु किसानको रु २० करोड बाँकी बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरु गरेपछि किसान आक्रोशित भएका हुन् । उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्था गरेका कारण उखु किसान  तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

उखु किसानको भुक्तानी नदिएर उखु किसानलाई ऋणमा डुबाएर आत्माहत्याको अवस्था सिर्जना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारवाही गरिने नगरप्रमुख यादवले बताउनुभयो । उखु किसानले उद्योगबाट आफूहरुले रु २० करोड लिन बाँकी रहेको बताइरहँदा उद्योगले रु १६ करोड मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक कनौडियाले बताउनुभयो । यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी सोमबारसम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताउनुभयो ।

रु १४ करोड एक हप्ताभित्रमा र बाँकी रु दुई करोड केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन् । उद्योग स्थापना भएको पहिलो वर्ष भएका कारण करीब रु १० करोड घाटा लागेको उद्योग सञ्चालक कनौडियाले गुनासो गर्नुभयो । साथै झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताउनुभयो ।

उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बाँकी बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएको भए पनि उद्योगले पुसको २० जान लाग्दा पनि भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन् । पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताउनुभयो । 

त्यसैगरी अन्नपूर्ण चिनी मिलले रु ४० करोड, श्रीराम सुगर मिलले रु ४२ करोड, इन्दिरा सुगर मिलले रु १० करोड, लुम्बिनी सुगर मिलले रु १० करोड र वाग्मती सुगर मिलले रु ११ करोड रकम उखु किसानको गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो