२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी

२०७६, १८ पुष शुक्रबार १६:१९

पुष १८, गुल्मी | गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ । 

यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् । 

सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कूल १४ वटा स्वास्थ्य संस्था छन् । तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताउनुभयो । कोही बिरामी परे ‘लोकल’ गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको रानाले सुनाउनुभयो । अधिकांश बिरामीहरु स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ठ स्वास्थ्य केन्द्रअन्तर्गत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदंशको जाँच तथा डेङ्युको परीक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क तथा अन्य सःशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ तर हालसम्म पनि संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ । “गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि शून्य छ ।” केन्द्रकी प्रमुख डा शिला ढकालले भन्नुभयो, “गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामीलाई निकै समस्या परेको छ ।”

सत्यवती गाउँपालिकाले गत आर्थिक वर्षमा लु१झ ४३९ नम्बरको डबल क्यापसहितको स्कार्पियो किन्यो । कूल रु ४० लाख एक हजार १७२ मा किनेको एसीसहितको स्कार्पियोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाई गर्छन् तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन । 

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत वर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताउनुभयो । “पहाडी संरचनाले गर्दा अन्य गाडी चल्दैनन्, भएका दुईवटा टाटा कम्पनीका एम्बुलेन्स काम नलाग्ने भए ।” उहाँले भन्नुभयो, “बलियो गाडी खोज्दा ढिलाइ भएको छ ।” यो वर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले रु छ लाख विनियोजन गरेको ढकालले बताउनुभयो । तर, प्रदेशले सहयोग नगरेको खण्डमा अन्य आयोजनाको रकमबाट रकमान्तर गरेरै भए पनि यो वर्ष एम्बुलेन्स किन्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु