२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका मापदण्डविपरीतका क्रसर–खानी बन्द गर्न निर्देशन

२०७६, २२ पुष मंगलवार ०४:०५

पुष २२, काभ्रे | पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।  

जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको उक्त क्रसर उद्योग तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । उद्योगमा मौज्दात सामग्री बिक्री गर्न तथा तत्काल हटाई उद्योग बन्द गर्न उद्योग सञ्चालक शेषनारायण सुवाललाई निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जानकारी दिनुभयो । 

“अघिल्लो वर्षको अनुगमनपछि चैतमै हटाउन भनिएको थियो, उक्त उद्योगले अटेर गरेका कारण तीन दिनभित्र बन्द गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । 

नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले विसं २०६५ देखि रोशी गाउँपालिका–७ मा बिनादर्ता सञ्चालन खानी, नमोबुद्ध नपा–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएको पाइएको अनुगमन समितिले जनाएको छ । समितिले ती उद्योगलाई तीन दिनभित्र जिल्ला समन्वय समितिमा कागजात ल्याउन निर्देशन समेत दिएको छ । 

न्यूनतम मापदण्डसमेत पूरा नगरेका क्रसर तथा खानी बन्द गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनपछि छानबिन गरी न्यूनतम मापदण्ड नपुगेका क्रसर उद्योग तथा खानी बन्द गर्न निर्देशन दिनेछौँ ।” प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेल अनुगमनका क्रममा बिनादर्ता सञ्चालित अवैध खानी बन्द गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो । 

अनुगमनका क्रममा सम्झौता विपरित बालुवा उत्खनन गरिएको, अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा धुनेको स्वीकृत लिएर क्रसर चलाइएको, केही क्रसर उद्योगले सार्वजनिक जमीन मिचेको तथा क्रसर उद्योगले ‘डष्ट’लाई खोला, नदीमा हाल्ने गरेकोसमेत पाइएको छ । “सार्वजनिक जग्गा मिचेकाको तत्काल पुनःअनुगमन तथा छानबिन हुन्छ”, जिसस प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार ठकेदार कम्पनीले उत्खनन क्षेत्रमा उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङबोर्ड राख्नुपर्ने नीति बनाइए पनि अधिकांशले राखेका छैनन् ।

गत वर्षको अनुगमनले काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको प्रतिवेदन सार्वजनिक गरेको थियो । काभ्रेपलाञ्चोकमा २३ ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन हुँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ