2026-07-24 10:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक बर्षाका कारण ४१ को मृत्यु

 पुस २५,  (रासस/सिन्ह्वा) । अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिनु भएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो । 

राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारहरुसँग बोल्दै उहाँले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरु धेरै जना प्रभावित भएको जानकारी दिनुभयो ।

वर्षासँगै आएको बाढीले घरहरुसँगै विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको छ भने, कृषिजन्य उत्पादन समेत नष्ट गरिदिएको छ ।

वर्षाका कारण विद्युत सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवरुद्ध भएका छन् । यसले आर्थिक बृद्धिद्धरमा समेत असर पारेको गृह मन्त्री केसरले बताउनु भयो ।

मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलङ्गे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।  

देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी ३७८ घर क्षतिग्रस्त भएको, ९७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र ४ ओटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक