2026-07-25 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ससुराली हिँडेका श्रीमती र दुई छोरासहित त्रिशुलीमा हाम्फालेका विनयमात्रै बाँचे

माघ ३, काठमाडौँ | ससुराली हिँडेका काठमाडौंका एक युवाले त्रिशुली नदीमा हाम फालेका छन् | बिहीबार चन्द्रागिरि नगरपालिका-४ का ३५ वर्षीय विनय लामिछानेले  त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन् |

उनकी ३० वर्षीया श्रीमती जमुनाको मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार दुई वर्षीय छोरा विजन र छ महिनाका छोरा अझै बेपत्ता छन् | श्रीमती जमुनाको शव भने फेला परेको छ |

धादिङको बेनीघाट रोराङ गाउँपालिका बाँदरस्थित त्रिशुली नदीको झोलुंगे पुलबाट उनी श्रीमती र छोरासहित हाम्फालेको प्रहरीले जनाएको छ | उनलाई प्रहरीले हाम फाले लगत्तै उद्दार गरेको थियो |  केही समयपछि श्रीमतीको शव नदी किनारमा फेला पारेपनि दुई नाबालक भने बेपत्ता भएका छन |

उनी श्रीमती र छोरासहित  दिउँसो दुई बजे  थानकोटबाट  हिँडेको प्रहरीले जनाएको छ | ससुराली घर नजिक आउन लागेपछि उनले किन हाम्फाले भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ | इलाका प्रहरी कार्यालय गजुरीका अनुसार उनी भने सकुसल छन् | उनले व्यापारमा एक वर्षभित्र डेढ करोड रूपैयाँ घाटा भएपछि आफूले आत्महत्या गर्न खोजेको बताएका छन् |

इलाका प्रहरी कार्यालय गजुरीमा रहेका उनले व्यापारमा एक वर्षभित्र डेढ करोड रूपैयाँ घाटा भएपछि आफूले आत्महत्या गर्न खोजेको बताएका छन् | उनले थानकोटको आफ्नो घरमा सुसाइड नोट छोडेको भेटिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक