काठमाडौं- आउनुस्, देशको राजधानी काठमाडौं महानगरमा तपाईंलाई स्वागत छ। चिल्ला, फराकिला महानगरका सडकमा सवारी चलाउँदा वा पैदलै हिँड्दा भने होसचाहिँ हदै पुर्‍याउनुस्, नत्र भ्वाङमा जाकिनुहोला!

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं- आउनुस्, देशको राजधानी काठमाडौं महानगरमा तपाईंलाई स्वागत छ। चिल्ला, फराकिला महानगरका सडकमा सवारी चलाउँदा वा पैदलै हिँड्दा भने होसचाहिँ हदै पुर्‍याउनुस्, नत्र भ्वाङमा जाकिनुहोला!

2026-07-03 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरमा भ्वाङै भ्वाङ, टाल्ने जिम्मेवारी कसैले लिँदैनन् (तश्विर अपडेट)

काठमाडौं- आउनुस्, देशको राजधानी काठमाडौं महानगरमा तपाईंलाई स्वागत छ। चिल्ला, फराकिला महानगरका सडकमा सवारी चलाउँदा वा पैदलै हिँड्दा भने होसचाहिँ हदै पुर्‍याउनुस्, नत्र भ्वाङमा जाकिनुहोला!

महानगरका सडकमा जताततै भ्वाङै भ्वाङ छन्। यी भ्वाङका जिम्मेदार सबै निकाय टुलुटुलु हेर्छन्, टाल्ने जिम्मेवारी भने कोही लिँदैनन्। बरु अन्य निकायलाई देखाएर पन्छन खोज्छन्।

नागरिकले गरेको सडक अवलोकनमा यस्ता भ्वाङ र त्यसले निम्त्याएका जोखिम र सकस छर्लंगै देखिए।

चावहिल पुग्नुस्, चोकैैमा ठूलो भ्वाङ छ। वर्षाैंदेखिको यो भ्वाङमाथि दुइटा फलामका डन्डी तेर्स्याइएका छन्, तर त्यत्तिले जोखिम छेकिन्न। डन्डीबीचबाटै मान्छे स्वात्तै छिर्न सक्ने खतरा देखिन्छ।

धन्य, अहिलेसम्म त्यस्तो दुर्घटना भएको छैन।

चावहिल चोककै सडकमा त्यसबाहेक थप दुइटा भ्वाङ छन्, अलि साना। यिनमा भने फलामका पाइप सडकको सतहभन्दा थोरै माथि निस्केका छन्।

चावहिलबाट उत्तरतिर लाग्नुस्, मेडिकेयर अस्पतालअगाडि चक्रपथमै दुइटा भ्वाङ छन्। सडक भासिएर बनेका यी भ्वाङ झन् मान्छे मात्र होइन, मोटरसाइकलै सजिलै छिर्ने आकारका छन्।

ह्युमपाइप फुट्दा सडक भ्वाङ परेको महिनादिन नाघ्दा पनि बनाउने चासो कतैबाट नदेखाइएको आक्रोश स्थानीय व्यापारी सुनाउँछन्।

चावहिलबाट दक्षिणतिर लाग्नुस्, मित्रपार्क पुग्दा चक्रपथमै अर्काे भ्वाङ भेटिन्छ बीच सडकमै। ढलको मंगलमाथि राखिएको ढकनी बांगिएर बनेको देखिन्छ यो भ्वाङ। मित्रपार्कबाट कालोपुलतिर लागेपछि पुलको घुम्तीमै लस्करै तीनवटा भ्वाङ भेटिन्छन्, मंगलकै कारण बनेका।

ज्ञानेश्वरचोक नजिकै रहेको भ्वाङबाट ढल मिसिएको कालो पानी बुलबुल्ती निस्किरहेको देखिन्छ। सडकमै ढलको पानी छ्यालब्याल भएर बहँदा चिप्लने जोखिमसँगै वरिपरि दुर्गन्धसमेत फैलिइरहेको छ।

डिल्लीबजार, चारखालनजिकै सिद्धि पोलिक्लिनिक अगाडिको बीच सडकमा पनि ठूलै भ्वाङ छ।  पुतलीसडक र प्रदर्शनीमार्ग सडकका छेउतिर पनि यस्ता भ्वाङ ठाउँठाउँ देखिन्छ।

गौशाला, रत्नपार्क र सुन्धाराका सडकछेउ पनि यस्ता भ्वाङ बग्रेल्ती छन्। छेउमा परेका भ्वाङले पैदल यात्रु बढी मारमा छन्। सुन्धारामा बिहान–बेलुका यात्रु चापका बेला भ्वाङमा धेरैका खुट्टा छिर्ने गरेको स्थानीय पसले सुनाउँछन्।

स्थलगत अवलोकन क्रममा बूढानीलकण्ठ, हातीगौंडा चोकमा पनि सँगसगै दुइटा भ्वाङ देखिए। एउटाबाट धमिलो पानी र अर्कोबाट फोहरको दुर्गन्ध निस्किरहेका। विश्व सम्पदासूचीमा सूचीकृत बौद्धनाथ स्तुपअगाडिको मूल सडकमा पनि ठूलै भ्वाङ छ। स्तुपछेउ  सडकमा यी भ्वाङबाट ढलको पानी छताछुल्ल बगिरहेको देखिन्छ।

नागरिक अवलोकन क्रममा भेटिएका यी केही ठाउँका भ्वाङ हुन्। राजधानीका अधिकांश सडकमा यस्ता भ्वाङ छन्। भ्वाङले सडकको कुरूपतासँगै जोखिम र दुर्गन्ध बढाएको स्थानीयको भनाइ छ। बूढानीलकण्ठ, हात्तीगांैडाका स्थानीय व्यापारी रसिद साह भन्छन्, 'मोटरसाइकल हुइँकिएर आउँछन्, अगाडि ‰वाट्ट भ्वाङ देख्दा रोक्न खोज्छन् र नियन्त्रण गुमेर लडेका धेरै पटक देखेको छु।'

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेत यस्ता भ्वाङका कारण नयाँ चालक परे दुर्घटना निम्तने गरेको बताउँछन्।

'नयाँ मान्छेलाई थाहा हुन्न, त्यसैले जाम नहुँदा हुइँकिएर आइरहेका हुन्छन्,' एसएसपी बस्नेतले भने, 'रोक्न खोज्दा ढल्किने, पल्टिने त स्वाभाविकै हो।' उनका अनुसार भ्वाङकै कारण ठूला दुघर्टना नभए पनि कुनै पनि बेला त्यस्तो खतरा निम्तन सक्छ।

'अहिलेसम्म ठूला दुघर्टना नभए पनि भ्वाङकै कारण लामो जाम भने हुने गरेका छन्,' उनले थपे।

यस्ता भ्वाङबाट सबैभन्दा स्थानीयले पनि समस्या खेप्दै आएका छन्। 'नाक फुट्ने गरी दुर्गन्ध आउँछ। माक्स नलगाई पसलमा बस्नै सकिन्न,' ज्ञानेश्वरका स्थानीय व्यापारी पेम्बा लामाले भने, 'महिनौं भइसक्यो, यही दुर्गन्धमा बस्नुपर्ने बाध्यता छ।' भ्वाङकै कारण उक्त ठाउँमा कार्यालय समयमा लामो जाम समेत हुने गरेको लामाले बताए।

भ्वाङका कारण सबैभन्दा मार मोटरसाइकल चालकमा पर्छ। एकध्यानले चलाइरहँदा अगाडि ‰वाट्ट भ्वाङ देखिँदा रोक्न खोज्ने र अनियन्त्रित भई लड्ने चालक राजकुमार कार्कीको अनुभव छ। कार्कीका अनुसार चारपांग्रेलाई भ्वाङ छल्न मोटरसाइकललाई भन्दा केही सहज हुने गर्छ।

'एकपटक भ्वाङमा मेरै मोटरसाइकलसमेत परेर बिग्रियो छ,' उनले भने, 'सम्बन्धित निकाय मौन बस्दा समस्या खेप्न बाध्य छौं।'

सडकबीच रहेका यस्ता जोखिमयुक्त भ्वाङ कसले टाल्ने? सरकारी निकायबीच अन्योल छ।

सडक डिभिजन कार्यालय प्रमुख धमेन्द्र झा भन्छन्, 'सडक भत्किएर बनेका खाल्डा मर्मतको जिम्मा हाम्रो हो तर ढल फुटेर, पाइप भासिएर, मंगलको ढकनी नभएर बनेका भ्वाङ भने ढल निकास महाशाखाले बनाउने हो।'

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको ढल महाशाखा भने आफ्नो जिम्मेवारीभित्र पर्ने यस्ता भ्वाङबारे जानकारी पाउनासाथ मर्मत गरिरहेको बताइरहेको छ। महिनौंसम्म यस्ता भ्वाङ उक्त कार्यालयले नदेखेकै हो त? स्थानीय पत्याउँदैनन्।

उसो त महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्ता भ्वाङ सडकमा देखे तत्कालै सम्बन्धित निकायलाई जानकारी गराउने गरेको छ। एसएसपी बस्नेतका अनुसार खबर गर्दा पनि सम्बन्धित निकायले महिनौंसम्म मर्मत नगरेका उदाहरण थुप्रै छन्।

ढल महाशाखाले पनि केही भ्वाङ खानेपानी आयोजनाको जिम्मेवारीमा हुन सक्ने बतायो। त्यसैगरी सडकमा रहेका केही भ्वाङ भने सडक कार्यालयकै रहेको पनि दाबी गरेको छ। 'सडकमा रहेका केही भ्वाङ भने सडकअन्तर्गतकै हुन्,' ढल महाशाखाका प्रमुख रमेशमान प्रधानले भने, 'जस्तो कि ज्ञानेश्वरमा रहेको भ्वाङ सडकअन्तर्गतको हो तर हामीले काम गरिदिन्छौं भनेर अनुमति माग्दा पनि उसले दिएन।'

प्रधानको भनाइ मान्न सडक कार्यालय भने तयार छैन। सडक डिभिजन कार्यालयका प्रमुख झाले भने, 'भ्वाङ परेर ढल निस्किइरहेको छ अनि त्यो भ्वाङ कसरी हाम्रो हुन्छ?'

सडकमा भेटिएका अधिकांश भ्वाङ ढल पठाउने नालीका मंगलका ढक्कन नराखिँदा बनेको पाइन्छ। ढक्कन नलगाइएका ती भ्वाङ पैदल हिँड्ने सर्वसाधारण होस् वा सवारीसाधनमा हिँड्ने यात्रुका लागि धराप बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक