२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालान्जारको अवलोकनमा स्पेनी पर्यटनमन्त्री

३ माघ २०७६, शुक्रबार १०:४०


समुन्द्री सतहबाट दुई हजार ४ सय १३ मिटर उचाईमा रहेको भवरकोट  कालाञ्जर क्षेत्र  डाँडाकमेरे आन्तरिक र वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । मोदी गाउँपालिका  एकमा  पर्ने जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र अहिले स्वदेशी तथा विदेशी पर्यटकको  रोजाईमा पर्न थालेको हो ।  

मोदी गाउँपालिकामा पर्ने भवरकोट कालाञ्जार क्षेत्र, महाशिला गाउँपालिकामा पर्ने दक्षिण एसियाकै ठूलो महाशिला, विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला र कुश्मा नगरपालिकामा पर्ने डहरेको लेकको स्पेनी पर्यटनमन्त्रीसहितको टोलीले अवलोकन गरेको छ ।

स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारीसहितको टोलीले जिल्लामा रहेका उच्च पहाडी क्षेत्रहरुको अवलोकन गरेको हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेका बेला स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र  अवलोकन गरेको हो । टोलीमा लुम्बीनी गार्डेन फाउण्डेशनका संरक्षक निरज श्रेष्ठ, उपाध्यक्ष गोविन्द सुवेदी, महासचिब एकाराज गिरी लगायतको पनि सहभागिता रहेको थियो ।

  जिल्लाकै उच्च भेगकालाञ्जर  डाँडाकमेरेमा  पर्यटकहरुको स्वागत गरीएको हो । कार्यक्रममा मोदी गाउँपालिका भित्र रहेको मगरको सोरठी नाच  ब्रह्मण समुदायको चुड्का भजन तथा  सालैजो लोकभाकाले स्वागत गरीएको हो ।  स्पेनी पर्यटकलाई  गाउँ पालिकाका अध्यक्ष प्रेम पौडेलले स्वागत गर्नुभएको हो । स्वागत गर्दै निर्माणाधिन रहेको  मौहरे डाँडाँ खोरेपानी  तथा पुन हील  जाड्ने पदमार्ग समेत रहेको   डाँडा कमेरेलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन  पर्यटकहरुको भव्यताका सातको कार्यक्रम आयोजना गरीएको  गाउँ पालिका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । 


माछापुच्छ्रे , अन्नपूर्ण , धौलागिरी लगायतका हिमालका दृश्यबवलोकन गर्न सकीने  भवरकोट पुग्न पदमार्ग निर्माण भईरहेको  छ ।  चार करोडको लागतमा  पर्यटन पुर्वाधारको लागि विभिन्न संरचना बनाउन लागिएको हो । अहिले भवरकोट पुग्न पातीचौरबाट सिँडी सहितको पदमार्ग निर्माण गर्न शुरु भएको छ । अवलोकनका लागि आएका स्पेनी मन्त्री सहितको टोलीलाई मोदी गाउँपालिकामै उत्पादन गरिएको अल्लोको कपडा र नेपालको झण्डा उपहारस्वरुप प्रदान गरिएको थियो । अतिथी स्वागत कार्यक्रमको संचालन मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमका अवसरमा  स्थानीय होमस्टेका विभिन्न परिकारको स्वाद तथा  झाँकी  पन्चे बाजाले सम्मान गरीएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान