पर्वत । छैठौ पर्वत महोत्सवको तेस्रो दिन चर्चित कलाकार रामकृष्ण ढकाल आउने भएका छन् । ढकालसँगै महोत्सवमा पालिकास्तरीय पुरुष भलिबल, दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता र डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिनसम्म हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
महोत्सवको आजको दिन भजन प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि भएको थियो ।
पर्वत उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।
महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।