रसुवागढी नाकाबाट रु. एक करोड ६० हजारको सुन बरामद

साझासवाल
1 Min Read

<p><b>माघ १३, रसुवा | </b>रसुवागढी नाकाबाट अवैध तरिकाले&nbsp; नेपाल भित्र्याइएको सुन आज यहाँ बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी&nbsp; अर्जुन भण्डारीले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप&nbsp; खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ । साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी&nbsp; चालकको सिटमुनि&nbsp; लुकाइएका अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।</p><p>पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको&nbsp; प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको र&nbsp; &nbsp;घटनाबारे मङ्गलबार पत्रकार सम्मेलन गरिने जनाइएको छ । रासस</p>

Share This Article
Leave a Comment

Leave a Reply