२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारा भक्तपुरबाट पक्राउ

२०७६, १५ माघ बुधबार ०४:१३

माघ १५, भक्तपुर (रासस)  ।  महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् । 

मध्यपुर थिमिनपा–९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । प्रहरीले पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा