२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा बजारमा खुल्यो स्मार्ट र अत्याधुनिक हेल्थ क्लब

२०७६, १७ माघ शुक्रबार ०५:२०


माघ १५, पर्वत । पर्वतका यूवाहरुले एक करोड लगानीमा अत्याधुनिक मेशिन जडित व्यायम सहित हेल्थ क्लव औपचारिक रुपमा शुरु गरेका छन् । पर्वतको कुश्मामा आज एक कार्यक्रम गरि हेल्थ क्लवको उद्घाटन गरिएको छ । मानसिक र शाररीक रुपमा स्वस्थ रहन सहायता मिलोस् भन्ने मुख्य उद्धेश्य सहित बनेको हेल्थ क्लवको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।


कार्यक्रममा बोल्दै जोशीले आधुनिक जीवनशैली, खानपान र तनावका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य समस्या बढेको बताउँदै हेल्थ क्लवले यस्ता समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसको निरन्तरतामा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले पूर्वाधारका संरचनाहरुको अभावमा बाह्यि पर्यटकहरु नबस्ने स्थिती समेत रहेको अवस्थामा यस्ता महत्वपूर्ण संरचनाहरु निमार्ण भई प्रयोगमा आउन थालेका कारण बिस्तारै यूवाहरुको यो प्रयासले ठूलो सहयोग हुने बताउनुभयो ।


कार्यक्रममा बोल्दै संविधानसभा सदस्य एवंम नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पछिल्लो समय पर्वतका युवाहरु रचनात्मक र सिर्जनात्मक काममा लागेको आफु निकै उत्साहित भएको सुनाउनुभयो । उहाँले मानिसको सवैभन्दा ठूलो सम्पत्तिका रुपमा रहेको स्वास्थलाई मजवुत बनाउन फिटनेसको आवश्यकता हुने भन्दै दैनिक फुर्सदको समयमा सर्वसुल्भ प्याकेजमा सञ्चालनमा रहेको कुस्मा हेल्थ क्लबको भरपूर उपयोग गर्न आग्रह गर्नुभएको छ ।


कुस्मा हेल्थ कल्ब समुद्घाटन कार्यक्रममा खेलाडी तथा मिस्टर व्लड महेश महर्जन,कुस्मा नगरपालिकाका उपप्रमुख सीताकाफ्ले लामिछाने,पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,पूर्व अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ ‘भरत’ जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द् पहाडी,कुस्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा‘भारती’ लगायतले बोल्दै कुस्मा हेल्थ क्लबलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कुस्मा हेल्थ क्लबका अध्यक्ष डा. प्रमोद कुमार मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वगात मन्तवय क्लवका सदस्य शिव पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अर्का सदस्य गोकुल चापाँयाइले गर्नुभएको थियो । यहाँका ३ जना युवाहरुले करिब १ करोडको निजि लगानीमा फिट नेस सेण्टर सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?